शनिबार र आइतबार अर्थात जुलाई २२ र २३ तारिखका दिन राहदानी बुझिलिन आउनेबारेको अत्यन्त जरुरी सूचना !
फ्रान्सस्थित नेपाली राजदूतावासबाट यस कार्यालयमा आएका राहदानीहरु यही शनिबार र आइतबार अर्थात क्रमशः जुलाई २२ र २३ तारिखका दिन बिहान ११ देखि साँझ ५ बजेसम्म निम्न समय र स्थानमा वितरण हुने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ । यसअघि प्रकाशित सूचीमा नामावली भएका आवेदकहरुलाई पनि सोे दिन आफ्नो राहदानी बुझिलिनका लागि अनुरोध गरिन्छ ।
राहदानी वितरण गरिने दिनः क्रमशः जुलाई २२ र २३ तारिख ।
समयः बिहान ११ देखि साँझ ५ बजेसम्म ।
स्थानः मार्टिम मुनिजस्थित लभ लिस्वन रेष्टुरेन्ट भएको भवन । (R. Jose Antonio Serrano, 1100-443, Lisboa
नोटः राहदानी बुझ्नका लागि परिचय खुल्ने (नागरिकता/पुरानो राहदानी/सोसल/फिनान्स वा अस्थायी बसोबास अनुमति पत्रमध्ये कुनै एकको प्रतिलिपी) कागजातकोे प्रतिलिपी लिएर स्वयं व्यक्ति नै उपस्थित हुनुपर्नेछ । कारणबश अर्को व्यक्ति आउनुपर्ने भए सम्बन्धित व्यक्तिको परिचय खुल्ने कागजात, मन्जुरीनामा, राहदानी र अन्य कागजातका प्रतिलिपी लिएर आउनुहुन अनुरोध गरिन्छ । यसका साथै पुरानो राहदानी पनि लिएर आउनुहुन अनुरोध गरिन्छ । प्रशासनिक खर्चवापत तीन यूरो लिइनेछ ।
अवैतनिक नेपाली महाबाणिज्य दुतावासको कार्यालय, लिस्वन, पोर्चुगल ।







