अधिकृत वारेसनामा/मन्जुरीनामासम्बन्धी अत्यन्त जरुरी सूचना !
यस कार्यालयमा यही जुलाई ७ अर्थात शुक्रबारका दिन अधिकृत वारेसनामा/मन्जुरीनामा/कागजात प्रमाणीकरण एवं जन्म, विवाह, मृत्यु, सम्बन्धबिच्छेद लगायतका अन्य कन्सुलर सेवासँग सम्बन्धित सेवाहरु दिउँसो १ बजेबाट सुरु हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ । यसका लागि +351969190919 मा सम्पर्क गरी एपोइन्टमेन्ट लिएरमात्रै सो दिन आउनुहुन अनुरोध गरिन्छ ।
अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय, लिस्वन, पोर्चुगल
